बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

सुनको भाउ आज पनि बढ्यो, तोलाको ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार

काठमाडौं । सुनको भाउ आज पनि बढेको छ । सुनको भाउ १ हजार ३ सयले बढेर तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो हप्ता अस्ति आइतवार एकैदिन ५ हजार ६ सय रुपैयाँले बढेको सुनको भाउ हिजो पनि बढेको थियो । हिजो सुनको भाउ ३ हजार २ सयले बढेर तोलाको ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको ५ हजार ५ सय ८५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ १ सय ७० रुपैयाँले बढेर तोलाको ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x