शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शुरु भयो सहिदद सप्ताह
काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने सहिदहरुको सम्झनामा आजबाट सहिद सप्ताह शुरु भएको छ ।
माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै आजबाट उनको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह शुरु गरिएको हो ।
सो अवसरमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उनको शालिकमा माला र पुष्पगुच्छा अर्पण गरिेन्।
तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए ।
सात दिन सहिद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE