मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

आज कोशी र गण्डकी प्रदेशको हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा आज आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराइका केही स्थानमा बिहान हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो तराइका केही स्थानमा हुस्सु र कुहिरो कायमै रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ, बाँकी भागमा आंशिक बादल लाग्नेछ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने अनुमान छ । आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस मापन भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x