बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026

अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिका दोस्रो सुपर ओभरमा विजयी

काठमाडौँ ।दक्षिण अफ्रिकाले ट्वान्टी २० विश्वकपमा नाटकीय सुपरमा अफगानिस्तानलाई हराएको छ । निर्धारित खेलको स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा गएको थियो ।

पहिलो सुपर ओभर पनि बराबरी भएपछि दोस्रोको आवश्यकता परेको हो । दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले बिनाविकेटको क्षति २३ रन बनाएको थियो । त्यसमा तीन छक्का प्रहार भएको थियो । जवाफमा अफगानिस्तानले दुई विकेट गुमाएर १९ रन मात्र बनाउन सक्यो । अफगानिस्तानले पनि तीन छक्का प्रहार गरेको थियो ।अफगानिस्तानले पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गर्दै कुनै विकेट नगुमाई १७ रन बनाएको थियो । त्यसमा दुई चौका र एक छक्का सामेल रह्यो ।

त्यसको जवाफमा दक्षिण अफ्रिकाले पनि एक विकेट गुमाएर १७ रन बनाएको थियो । यसपल्टको विश्वकपको यो पहिलो सुपर ओभर हो । लगातार दोस्रो जितले दक्षिण अफ्रिकाको समूह ुडीु बाट सुपर एट पुग्ने सम्भावना बलियो भएको छ । तर अफगानिस्तान भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । उसको यो लगातार दोस्रो हार हो ।यो समूहमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका समान ४ अंकमा छन् । अफगानिस्तान १९।४ ओभरमा १ सय ८७ रनमा अलआउट भएपछि खेल सुपर ओपरमा पुगेको हो ।

उसका लागि ओपनर रहमनुल्लाह गुरबाजले ४२ बलमा ८४ रन बनाए । उनले ४ चौका र ७ छक्का प्रहार गरे । इनिङ्सको अन्त्यतिर नूर अहमदले ९ बलमा दुई छक्काको मद्दतले १५ रन बनाएपछि दुवै टिमको स्कोर बराबर भएको थियो । दक्षिण अफ्रिकी बलरमध्ये लुन्गी एनगिडीले २६ रनमा ३ विकेट लिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x