शुक्रबार, फाल्गुन १, २०८२
Friday, February 13, 2026

रक्षा मन्त्रालयको दोस्रो त्रैमासिक समिक्षाः पुँजीगत खर्च ६ प्रतिशत मात्र, अधिकांश आयोजनामा वित्तिय प्रगति कमजोर

काठमाडौं। रक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८२, ८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्यान्वयन, मन्त्रालय तथा अन्तर्गतका निकायहरुमार्फत भएको खर्चको विवरण तथा मन्त्रालयअन्तर्गतका निकायहरुबाट सञ्चालित विकास निर्माणका योजनाहरु कार्यान्वयनको अवस्था सार्वजनिक गरेको हो ।

मन्त्रालयकाअनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको ४५ दशमलव ८२ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको लागि सरकारले रक्षा मन्त्रालयको लागि ६२ अर्ब १ करोडभन्दा बढी बजेट विनियोजन गरेकोमा पुस मसान्तसम्म चालु खर्च ५० प्रतिशत र पुँजीगत खर्च जम्मा ७ प्रतिशत मात्र खर्च भएको हो । रक्षा मन्त्रालयमातहत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामा भौतिक प्रगतिको तुलनामा वित्तीय प्रगति समेत कमजोर देखिएको छ ।

समिक्षा बैठकमा बोल्दै रक्षा सचिव केदारनाथ शर्माले अर्थ मन्त्रालयबाट विनियोजन भएको बजेट निकाशा नहुँदा मन्त्रालयमातहत सञ्चालित कार्यक्रमहरुमा वित्तीय प्रगति न्युन भएको बताए । सचिव शर्माले मन्त्रालयअन्गर्तका निकायहरुद्वारा सञ्चालित विकास निर्माणका आयोजनाहरुलाई समयमै सम्पन्न गर्ने लक्ष्यसहित सरकार लागिपरेको बताउनु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x