आज महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै
काठमाडौं । आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् शिवको अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ ।
पुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णन गरिएको छ ।
यस दिनलाई विशेष गरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिन मानिन्छ ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ लगाएत देशभरका शिवालयहरुमा भक्तजनको घुइचो लागेको छ ।
यस्तै पशुपति नाथ मन्दिरमा दर्शन गर्ने साधुसन्तहरूको चहलपहल समेत बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बसेका छन् भने पशुपतिनाथको दर्शनका लागि भक्तजनहरू बिहानैदेखि लाइन लगेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE