ललितपुरमा डा. तोसिमालाई चुनावी टक्कर दिदै स्वतन्त्र उम्मेदवार रुपेश शाह
काठमाडाैं । संघीय राजधानीसंगै जोडिएको र ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ अहिले राजनितिक चासोको केन्द्र बनेको छ ।
यस क्षेत्रमा दलका उम्मेदवार सहित पाँच जना स्वतन्त्र उम्मेदवारले समेत आफ्नो चुनावी प्रतिस्पर्धालाई तीव्रता दिएसँगै उक्त क्षेत्रबाट कस्ले बाजी मार्ला भन्नेमा आम नागरिकको समेत चासो बढेको छ ।
अघिल्लो निर्वाचनमा अप्रत्यासित परिणाम निकाल्दै रास्वपाले आफ्नो उदय गराएको यो क्षेत्रमा यस पटकको चुनावी माहोल केही फेरिएको छ । यस पटक रास्वपाकी डा.तोसिमा कार्कीलाई टक्कर दिन भन्दै स्वतन्त्र उम्मेदवार रुपेश शाह लगाएतका चुनावी मैदानमा होमिएका छन् भने । अर्को तर्फ नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गुमेको शाख फिर्ता गराउने कसरतमा छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका नयाँ अनुहार रुपेश शाह नयाँ उर्जा,नयाँ विचार सहित चुनावी मैदानमा होमिएका हुन् । उनले आफुले उक्त क्षेत्रको आवस्यकता बुझेको सबैलाई समेट्न सक्ने र सक्षम युवा भएको दाबी गर्दै आएका छन् । स्वतन्त्र उम्मेदवार शाहले बिभिन्न एजेण्डा अघि सारकोका छन् ।
तिमध्ये करमा सहुलियत ः आईटी क्षेत्र ,वैदेशिक लगानी र सेवा निर्यात गर्ने कम्पनीहरुलाई करमा विशेष छ्ुट दिई उच्च तलब हुनेगरी रोजगारीको सिर्जना गरिने, स्वास्थ्य कोषः चुरोटमा ७५ प्रतिशत करको मापदण्ड पु¥याई सो रकम स्वास्थ्य विमा र उपचारका कोषमा लागाइने,सवारी करमा सहुलियतः सार्वजनिक सेवाका सवारी औद्योगिक र विद्युतीय सवारी साधनमा कर छुट दिई यातायात खर्च घटाइने, अन्तर्राष्ट्रिय बजारः हस्तकलाका सामानहरु सिधै अन्तर्राष्ट्रिय प्लेटफर्ममा बेच्न सक्ने नीति र भुक्तानीको सहज व्यवस्था, खुल्ला सांसद कार्यालय ःचुनाव जितेपछि ५ वर्षसम्म बेपक्ता हुने प्रवृत्तिको अन्त्य गर्न खुल्ला कार्यालय सञ्चालन र प्रत्येक महिना मतदातासंग प्रत्यक्ष भेटघाट जस्ता एजेन्डाहरु चर्चामा रहेका छन् ।
भँगेरा चुनाव चिन्हमा मतदान गर्न भन्दै घरदैलो कार्यक्रममा हिँडेका उनले आफ्ना एजेण्डा राम्रेसँग अध्ययन गरेर आफुलाई सहयोग गर्न आग्रह समेत गर्दै आएका छन् ।
यस पटक स्वतन्त्र उम्मेदवारी दिनेमा रुपेश शाह लगायत अशोककुमार महर्जन,अञ्जु कारन्जीत(थापा), विमर्श मिश्र, राधेश्याम खड्का रहेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE