सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले गुणस्तरीय पत्रकारिता कायम राख्नु चुनौतीपूर्ण रहेको बताएका छन् ।

राष्ट्रिय समाचार समिति ९रासस० को ६५ औँ वार्षिकोत्सवका अवसरमा उनले यस्तो बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउने कार्यमा सञ्चारजगतको भुमिका महत्वपूर्ण हुने बताए । संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता जस्ता संवैधानिक मूल्य मान्यताहरूको संरक्षणमा प्रतिवद्ध रहन पनि राससलाई निर्देशन दिए । उनले आग्रह र पूर्वाग्रहबाट मुक्त भई रूपान्तरित सोचका साथ राष्ट्रिय हितमा कार्य गर्न सञ्चारकर्मीहरूलाई आह्वान गरे । आधुनिक प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा ल्याएको चुनौतीलाई अवसरका रूपमा बदल्न राससले आफ्नो व्यावसायिक आचरणलाई परिष्कृत र परिमार्जित गर्नुपर्नेमा उनको जोड छ । सरकारी स्वामित्वको संस्था भएकाले सरकारी नीतिहरूको सही विश्लेषण गरी राष्ट्र विकासको गतिलाई तीव्रता दिन राससको भुमिका अहं रहने उनले उल्लेख गरे । विविधता र समावेशिताको सम्मान स्वरूप विभिन्न मातृभाषाहरूमा समाचार सामग्री उत्पादन शुरु गर्नुलाई ऐतिहासिक कदम बताउँदै उपराष्ट्रपतिले यसले नागरिक अपनत्व बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘राजनीतिक र आर्थिक जीवनको विभिन्न पक्षहरूको प्रकटीकरणमा जोड दिँदै सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिता क्षेत्रको दायित्व भएकाले यसमा राससको भूमिका अझ बढी महत्वपूर्ण छ । आग्रह र पूर्वाग्रहबाट नभई वर्तमान परिवेशमा रूपान्तरित सोचका साथ अघि बढ्दै संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, समानता र सुशासनको पक्षपोषणमा यो संस्था खरो उत्रिन सक्नुपर्छ । लोकतन्त्रको प्रारम्भबाटै मिडियाले जनतालाई जागरूकता प्रदान गर्दै आएको छ । सम्पूर्णमा अभिव्यक्ति स्वतन्त्रतालाई जीवन्त राखिराख्न मिडिया र सञ्चार माध्यमहरूले महत्त्वपूर्ण भुमिका निर्वाह गरेकै छन् । अझ बढी राससले निष्पक्ष रूपमा सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक घटनाहरूको विश्लेषण गर्नसक्छ । सरकारी स्वामित्वमा रहेकाले यस संस्थाले सरकारी नीतिहरूको विषयमा एउटा समझदारी विकसित गर्दै राष्ट्रको विकास गतिमा तिब्रता प्रदान गर्नसक्ने विश्वास लिएको छु । नयाँ नयाँ सूचना प्रविधिको विकासले पत्रकारितामा संख्यात्मक फड्को मारिरहेको वर्तमान अवस्थामा गुणस्तरीय पत्रकारिता कायम राख्नु चुनौतीपूर्ण छ ।’

उपराष्ट्रपति यादवले राजनीति केन्द्रित समाचारका साथै शिक्षा, स्वास्थ्य र प्रदेशस्तरीय जनसरोकारका मुद्दाहरूलाई पनि समान प्राथमिकता दिन सुझाव दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x