शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

ईक्यानद्वारा ग्लोबल एजुकेसन मोविलिटी र वर्तमान चुनौतीबारे आफ्नो धारणा सार्वजनिक

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ ईक्यानले ग्लोबल एजुकेसन मोविलिटी र वर्तमान चुनौतीबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै संघले विश्वका विकसित राष्ट्रहरूमा शिक्षा–गतिशीलता दीर्घकालदेखि स्थापित अभ्यास भएको भन्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम, नवप्रवर्तनशील र विश्वस्तरको दक्ष जनशक्ति उत्पादन गर्न सुदढ पारदर्शी र उत्तरदायी अब्रोड एजुकेशन इकोसिस्टम निर्माण गर्न आजको अनिवार्य आवश्यकता भएको धारणा राखेको छ ।

‘राज्यकै आधिकारिक संवैधानिक र प्रशासनिक संयन्त्रले उपयुक्त परीक्षण गरी स्वीकृति दिएको प्रक्रियामा सहभागी व्यवसायीहरूमाथि मात्रै एकलौटी रूपमा दोषारोपण गर्न र नियन्त्रणमा लिनु भनेको विद्यमान नियामक संरचना र सरकारी निर्णयमाथिकै अविश्वास रहेको संघको भनाइ छ ।

कुनैपनि समस्या उत्पन्न हुँदा त्यसलाई व्यक्तिकेन्द्रित धरपकडको विषय बनाउनको सट्टा प्रणालीगत समन्वय, नीतिगत स्पष्टता र जिम्मेवारीको वस्तुनिष्ठ बाँडफाँड मार्फत समाधान खोज्न संघको माग छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x