बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

ओ‌ली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाण्डौ । जिल्ला अदालत काठमाण्डौले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।

न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आज ५ दिन म्याद थपको अनुमति दिएको हो । सरकारी वकिलको कार्यालयले १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको थियो ।

गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिश गरेको थियो । त्यही सिफारिशका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर प्रहरीले हिजो बिहान ओली–लेखकलाई पक्राउ गरेको हो ।

आज अदालतमा लेखक आफैँ उपस्थित भएका थिए भने ओली बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल रूपमा उपस्थित भएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x