शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

असहज परिस्थितिमा निर्वाचन सुनिश्चित, देशलाई निकास दिन निर्वाचन नै विकल्पः पुष्पकमल दाहाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको वर्तमान असहज परिस्थितिलाई सहज निकास दिन फागुन २१ गतेको निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।

निर्वाचन परिचालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले थुप्रै संशय र विवादका बीच निर्वाचन सुनिश्चित भएको र यसले राष्ट्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका हुन् । संयोजक दाहालले जेन–जी आन्दोलन र त्यसपछिका घटनाक्रमलाई स्मरण गर्दै आजको सन्दर्भमा निर्वाचन नै देशका लागि तुलनात्मक रूपमा सहज निकास भएको उल्लेख गरे । निर्वाचन सम्पन्न हुन अब एक हप्ता मात्र बाँकी रहेको अवस्थामा सिङ्गै राष्ट्र निर्वाचन प्रक्रियामा होमिएको उनको भनाइ छ । दाहालले यो निर्वाचन कुनै सामान्य वा नियमित प्रक्रिया नभई विशेष र असहज परिस्थितिमा आइलागेको चुनौती भएको बताए । दाहालले निर्वाचनलाई सफल पार्नु समाजका सबै तह र तप्काको साझा जिम्मेवारी भएकोमा जोड दिए ।

उनले भने, ‘संशय र विवाद र बहस हुँदै अन्ततः हामी अब फागुन २१ गतेको नजिकै आइपुगेका छौँ र निर्वाचन अब सुनिश्चित भएको छ । हाम्रो पार्टीले शुरुदेखि नै जेन–जी आन्दोलन २३ को र २४ को घटनाक्रम हेरिसकेपछि आजको यो परिस्थितिमा देशलाई तुलनात्मक रुपले सहज निकास दिन सक्ने भनेको निर्वाचन नै हो भनेर भनेका थियौँ । र केही उतारचढाव हुँदै अहिले अब सिङ्गै राष्ट्र नै निर्वाचन प्रक्रियामा संलग्न भइसकेको छ । र १ हप्ता मात्रै बाँकी छ निर्वाचन सम्पन्न हुन । त्यस्तो परिस्थितिमा हामीले यो पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका थियौँ । सबैभन्दा पहिला त म लामो व्याख्या भन्दा पनि यो निर्वाचन कुनै सहज परिस्थितिको नियमित निर्वाचन होइन । असहज परिस्थितिमा आइलागेको एउटा निर्वाचनमा हामी सहभागी हुँदैछौँ । र यसलाई सफल पार्नु हामी सबैको, समाजका सबै तहतप्काको जिम्मेवारी हुन आएको छ र अब करिव अब निर्वाचन सम्पन्न हुने दिशातिर अगाडि बढेको छ । र यो पटकको निर्वाचनमा देखिएका राजनीतिक प्रवृत्तिको दृष्टिकोणले कुरा गर्न आवश्यक छ भन्ने हामीलाई लाग्छ ।’

उनले यस पटकको निर्वाचनमा देखिएका राजनीतिक प्रवृत्तिहरूको गम्भीर विश्लेषण आवश्यक रहेको समेत बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x