चैत ५ गतेभित्र सबै चुनावी परिणाम ल्याइसक्छौं : निर्वाचन आयोग
काठमाडौं । गत बिहीबार भएको निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगण्ना गरिब सकिएको छ । समानुपातिकतर्फको मतगण्ना पति भइराखेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी चैत ५ गतेभित्र मत गणना सकेर समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र दिनेलगायतका कार्य सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको छ ।
समानुपातिकतर्फको समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ ।निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।
दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराउने कार्य हुनेछ ।यी सबै काम आगामी चैत ५ गते भित्र सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE