आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैनस् गगन थापा

काठमाडौ. । नेपाली कांग्रेसका सभापति गगन थापाले एमालेसँगको सत्ता सहकार्य तत्काल नटुट्ने बताएका छन्।

प्रदेशहरुमा एमाले कांग्रेसको समिकरण टुट्नेबारे चर्चा चलिरहेका बेला ‘जरा अभियान’ अन्तर्गत कैलालीको धनगढीमा सभापति थापाले अहिलेको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाहेक अर्को सरकार बन्ने अवस्था नरहेको बताए । उनले एमाले नेतृत्वसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम तथा बजेटबारे पनि संवाद जारी रहेको बताए। प्रदेश सरकारहरू ठीक ढंगले चल्नुपर्नेमा उनले जोड दिए । मधेश प्रदेशमा समेत नेकपासहित छलफल भइरहेको जानकारी उनले दिए । थापाले कांग्रेस कार्यकर्तालाई पराजित मानसिकताबाट बाहिर निस्केर नयाँ जिम्मेवारी र सोचसहित अघि बढ्न आग्रह गरे। पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता–कार्यकर्तालाई केही समय जिम्मेवारीबाट बाहिर राखिने चेतावनी पनि उनले दिए।

उपसभापति विश्वप्रकाश शर्माले सुदूरपश्चिमका अग्रज नेताहरूलाई सँगसँगै यात्रामा लैजान चाहेको बताए । उनले कांग्रेस नेतृत्वले कसैका प्रति पनि पूर्वाग्रह राख्न नहुनेमा जोड दिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई टिकट नदिनुका कारणबारे वर्तमान सभापति गगनकुमार थापासँग प्रश्न गरे । जेनजी आन्दोलन, देउवा दम्पतिमाथिको कुटपिट र टिकट पाउनबाट बञ्चित भएको लगायतका विषयमा उनले प्रश्न गरेका हुन् । निर्वतनमान सभापति देउवालाई टिकट दिनबाट बञ्चित गराइनुको कारण सोध्दै उनले अब देउवाको स्थान के हुने ? भन्नेबारे पनि प्रश्न गरे ।

गगन थापालाई सभापति बनाउने र मान्ने कुरामा कुनै विमति नभएको बताउँदै सिंगो कांग्रेसलाई एकताबद्ध बनाउने जिम्मेवारी पनि सभापति थापाकै काँधमा रहेको उनको भनाइ छ ।साथै, उनले सिंगो नेपाली कांग्रेसलाई एक बनाएर अघि बढ्न सुझाव पनि दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x