चालु आर्थिक वर्षको माघमा रेमिट्यान्स आप्रवाह करिव २ अर्ब रुपैयाँ, विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामा रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशत बढेको तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गरेको छ ।
पुसमा मात्रै १ खर्ब ९२ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएकोमा माघमा सामान्य बढेर १ खर्ब ९८ अर्ब पुगेको हो । तर, गत आव सोही अवधिको तुलनामा हरेक महिनाको रेमिट्यान्स आप्रवाह ४० प्रतिशत हाराहारीमा देखिएको हो । माघसम्म १२ खर्ब ६१ अर्ब १ करोड बराबर रेमिट्यान्स स्वदेश आएको छ । यो रेमिट्यान्स गत आव सोही अवधिको तुलनामा ३९.८ प्रतिशत धेरै हो ।
गत आव माघमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।गत माघमा विप्रेषण आप्रवाह १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आव माघमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशत वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ ।चालु आव माघसम्म खुद द्वितीय आय (खुद ट्रान्स्फर) १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड थियो ।चालु आव माघसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ४५ हजार १ सय ५३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख २७ हजार ४ सय २४ छ ।
गत आव सोही अवधिमा यस्तो संख्या २ लाख ७४ हजार ६ सय २२ र १ लाख ९० हजार ८ सय ८६ थियो । यस्तै, मुलुकसँग विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको ७ महिना अवधिमै यस्तो सञ्चिति २३.३ प्रतिशतले बढेको हो ।असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब रुपैयाँ बराबर रहेको सञ्चिति रकम माघ मसान्तसम्म आउँदा ३३ खर्ब २ अर्ब रुपैयाँ बराबर पुगेको हो । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ मसान्तसम्म)को वित्तीय विवरण सार्वजनिक गरेको हो ।
विवरणअनुसार सोही सात महिना अवधिमा अमेरिकी डलरमा मुद्रा सञ्चिति १६.७ प्रतिशतले बढेर माघ मसान्तसम्म २२ अर्ब ७६ करोड डलर बराबर छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २९ खर्ब २६ अर्ब ९९ करोड छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग ३ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ बराबर छ ।् हालको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.३ महिनाको वस्तु आयात र १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE