आज विश्व मिर्गौला दिवस, नेपालमा भयावह बन्दै मिर्गौलासम्बन्धी समस्या
काठमाडौं। प्रत्येक वर्ष विश्व मृगौला दिवस त मनाइन्छ, तर दिवस मनाए अनुसार मृगौला रोग घट्न्को सट्टा झन भयाबह बन्दै गएको छ । नेपालमा मृगौला रोग लाग्ने बिरामी बढ्दै जाँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुमा उचर दरमा दरेखिन थालेको छ । प्रत्येक वर्ष नारा फेरिन्छ तर विरामीको अवस्था बल्झिदै छ । स्वच्छ जीवनशैली सहित प्रत्येक वर्ष फेरिने नारा साराले बुझ्न जरुरी छ ।
पछिल्लो समय नेपाल लगायतका बिकासोन्मुख मुलुकहरुमा पनि मृगौला रोगीहरुको संख्या बढ्दै गएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका कामदारमा मिर्गौलाको समस्या उच्च दरमा देखिन थालेको छ । ‘सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (एसडिएनटिसी)’मा गरिएको एक अनुसन्धान अनुसार नेपालमा मिर्गौला फेल भएर उपचारमा आएका बिरामीमध्ये करिब एकतिहाइ बिरामी वैदेशिक रोजगारबाट फर्किएका कामदार रहेको तथ्यांक छ । मिर्गौला रोग मुख्यतः अत्यधिक गर्मी देशमा काम गर्ने वैदेशिक श्रमिक जो सुरक्षा गार्ड, बाहिरी श्रमिक, बगैँचाका कामदार, समुद्री किनारको निगरानी जस्ता पेसामा संलग्न रहेकाहरुमा बढी पाइएको छ । यी पेसामा लामो समयसम्म चर्को घाममा काम गर्नुपर्ने ,पर्याप्त पानी पिउन नपाउनु, आरामको अभाव र स्वास्थ्य परीक्षणको कमीले मिर्गौलालाई असर गर्दछ । नेपालमा झन्डै ३० लाख भन्दा धेरै मानिसमा मिर्गाैला सम्बन्धी समस्या भएको अनुमान छ भने वर्षेनि ३ हजार जनाको मिर्गाैला फेल हुने गरेको छ । मानिसको बिलासितापूर्ण जिवन जिउने र सुविधा भोगी जिवनशैली जस्ता आदी इत्यादीको हेलचक्रयाइले मृगौला रोगले नेपालमा जरा गाड्दै गएको छ ।
मृगौला रोगले विपन्न वर्गमा सडकमा हात जोड्दै सहयोग माग्नुपर्ने अवस्था सृजना गरेको छ । एकातिर मृगौला रोगको उपचार विपन्न वर्गको लागि भगवान भरोसा भन्दै हात जोड्दै बस्नुपर्ने अवस्था छ भने अर्कातिर मृगौला प्रत्यारोपणको लागि अस्पतालमा पालो कुर्नुपर्ने अवस्था छ । मृगौला रोगका विरामीहरु सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा ३०० जना,त्रिवि शिक्षण अस्पताल,काठमाडौंमा १४ जना,वीर अस्पताल काठमाडौंमा १० जना,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ जना,प्रादेशिक अस्पताल सुर्खेतमा ६ जना,भेरी प्रादेशिक अस्पतजाल नेपाललगञ्जमा ५ जना,काठमाडौं मेडिकल कलेजमा ११ जना,मेडिसिटी अस्पताल ललितपुरमा ८ जना,किस्ट मेडिकल कलेज ललितपुरमा ८ जना गरी कुल ३७१ जना मात्रै मृगौला प्रत्यारोपपणका लागि आफ्नो पालो पर्खिदै बसेका छन् । भने कतिपय अस्पतालहरुले प्रत्योरोपणका लागि पर्खिबसेका विरामीहरुको विवराण खुलाएका छैनन् । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदै जाँदा जोखिम अझ बढिरहेको छ । नेपालका धेरै युवा वैदेशिक रोजगारबाट फर्किँदा मिर्गौला रोगको अन्तिम चरणमा पुगिसकेको पाइन्छ ।
यसले उनीहरू मात्र होइन, उनीहरूको परिवार र देशको अर्थतन्त्रमा पनि गम्भीर असर पार्छ । गर्मी मात्र होइन, प्रदूषणले पनि शरीरमा दीर्घकालीन सुजन र रक्तचाप बढाएर मिर्गौलामा क्षति पु¥याउन सक्छ । मिर्गौला रोगको उपचार पनि स्रोत–साधनको दृष्टिले गम्भीर विषय हो । डायलाइसिस जीवनरक्षक उपचार हो । मिर्गौला प्रत्यारोपण अन्तिम चरणको मिर्गौला रोगको सबैभन्दा प्रभावकारी उपचार हो । सफल प्रत्यारोपणपछि बिरामी सामान्य जीवनयापन गर्न र पुनः सक्रिय जीवन बिताउन त सक्छ । मृगौला रोगको सिघ्र पहिचान तथा त्यसको समयमै निदान नै मृगौला स्वस्थ्य राख्ने मुख्य उपाय हो । अझै रोग लागेर उपचारमा धाउनु भन्दा रोग नै लाग्न नदिनु नै सबै भन्दा उत्तम मानिन्छ । यसको लागि मृगौला स्वस्थ्य राख्न खानपान,नियमित शारिरिक व्यायाम,स्वच्छ हावा,धुम्रपान र मध्यपानबाट टाढा रहनु,मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्नुपर्छ । हरेक वर्ष मार्च १० लाई बिश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसंगै नेपालमा पनि विभिन्न सचेतना कार्यक्रम गरियो भन्दै दिवस मनाएको त भनिन्छ तर दिनप्रतिदिन मृगौला रोगको रोकथाम हुनुको सट्टा झन बढ्दै गएको छ । हरेक दिवस मनाईरहँदा सुगम भन्दा पनि दुर दराजका समुदायमा जनचेतना विस्तार गर्नु जरुरी छ । होइन भने दिवसको नाममा बजेट मात्र सकाएर समुदायमा यसको नतिजा विश्लेषण नगर्ने हो भने दिवसको कुनै औचित्य रहँदैन ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE