रास्वपाबाट समानुपातिक तर्फ ४८ महिला र ९ पुरुषको नाम सिफारिस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ ।
आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको रास्वपाले जनाएको छ । सो नामावली आजै निर्वाचन आयोगमा बुझाउने प्रवक्ता झाले जानकारी दिए ।
यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन । निर्वाचन आयोगले यी नामावली रुजु गरेर सहमति जनाएपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले जानकारी दिए ।
यसैबीच रास्वपाले सरकार गठन गर्न भने १० दिन जति लाग्न सक्ने जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE