सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले

काठमाडौं । काठमाडौं( पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीले भक्तपुरको गुन्डु पुगेर भेटेका छन् ।

आइतबार मध्याह्न पूर्वराष्ट्रपति भण्डारी गुण्डु पुगिन् । त्यसपछि प्रधानमन्त्री कार्की पुगिन् । भण्डारीको साथमा केही सहयोग पनि त्यहाँ पुगेका थिए।ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरको कोरियन अस्पतालमा निधन भएको थियो ।अहिले ओली गुन्डुमै पिताको काजकिरिया गरिरहेका छन् । उनी शनिबार एमालेको सचिवालय बैठकमा पनि सहभागी भए ।तर उक्त बैठकको अध्यक्ष उपाध्यक्ष रामबहादुर थापा बादलले गरेका थिए।

बैठकले एमालेबाट १६ जना समानुपातिक सांसद चयन गरिएको छ।आइतबार दिउँसो १ बजे प्रधानमन्त्री सुशीला कार्की पनि ओलीलाई भेट्न गुन्डु पुगिन् । उनी जाने भएपछि अहिले गुन्डुमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।त्यहाँ पुगेर कार्कीले ओलीसँग संवाद पनि गरेकी छन् । त्यस्तै उनले किरियामा बसेका अन्य दाजुभाइ र परिवारका सदस्यलाई पनि भेटेकी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x