१ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
काठमाडौं । निर्वाचन आायेगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा बदर मतको संख्यामा उल्लेख्य गिरावट आएको बताएको छ ।
बिहीवार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन् । विशिष्ट परिस्थिति र भौगोलिक चुनौतीका बाबजुद १ करोड ८९ लाख भन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् । निर्वाचन आयोगकाअनुसार अन्तिम नामावली अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ तदाता कायम रहेका थिए । जसमा महिला मतदाताको संख्या ९२ लाख ४० हजार १३१ र पुरुष मतदाताको संख्या ९६ लाख ६३ हजार ३५८ रहेको छ । अन्य लिङ्गी मतदाताको संख्या २ सय रहेको छ ।
यसपटकको निर्वाचनको अर्को सुखद पक्ष भनेको बदर मतको संख्यामा आएको कमी उनले बताए । आयोगकाअनुसार औसत बदर मत ४।७ प्रतिशतमा सिमित रहेको छ । प्रत्यक्षतर्फ ५।४५ प्रतिशत र समानुपातिकतर्फ ३।९५ प्रतिशत मत बदर भएको तथ्याङ्क छ । मतदाता शिक्षा कार्यक्रम र सरल मतपत्र डिजाइनका कारण बदर मतको संख्या नियन्त्रणमा आएको आयोगको विश्लेषण छ ।
निर्वाचनलाई निष्पक्ष बनाउन २२ वटा कुटनीतिक निकायका १६४ जना र राष्ट्रिय स्तरका ३५ वटा गैरसरकारी संस्थाहरूले पर्यवेक्षण गरेका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE