सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो
काठमाडौं।सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै हालिएको बन्दी प्रत्यक्षीकरणको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेसँगै लेखक तत्काल रिहा हुने सम्भावना कमजोर भएको छ।पत्नी यशोदाले दायर गरेको रिटमा सरकारका नाममा कारण देखाऊ आदेश मात्रै आएसँगै लेखक काठमाडौं जिल्ला आदालतको आइतबारको आदेशअनुसार अब पाँच दिन हिरासतमा रहनेछन ।
लेखककी पत्नी यशोदाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।यशोदाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारसमेतलाई विपक्षी बनाउँदै आइतबार निवेदन हालेकी थिइन्।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE