बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

सहकारी वचतकर्ताको पैसा फिर्ता गराउन घनिभुत छलफलमा जुटेका छौँः सहकारी सचिव भुजेल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले समस्याग्रस्त सहकारीका वचतकर्ताको पैसा फिर्ता गराउन घनिभुत छलफलमा जुटेको बताएका छन् ।

६९ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बिहीवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सुशासनको कमीदेखि परदर्शीताको अभावका कारण सहकारीमा समस्या आएको बताउँदै भुजेलले अहिले ती सहकारीमा फसेका बचतकर्ताको रकम फिर्ता गराउनेबारे मन्त्रालयले छलफल अघि बढाएको बताए। सहकारीको मूल्यमान्यताअनुसार चल्नुपर्नेमा केही सहकारीमा विचलन आएको सचिव भुजेलले बताए।

सचिव भुजेलले भन्नुभयो–‘अहिले पनि मन्त्रीसहित हामी मन्त्रालयका अधिकारीहरु सहकारी वचतकर्ताको रकम कसरी फिर्ता गराउन सकिन्छ, भन्ने विषयमा हामी समय खर्च गरिरहेका छौँं । सरकारको विगतमा कमी कमजोरी भए होला । मुख्य समस्या भनेको सहकारीका सञ्चालक, व्यवस्थापकहरुकै कारणले सहकारीको यो अवस्था आएको हो । सहकारी नबुझेको म (मदन भुजेल) सचिवलाई पनि अहिले टाउको दुःखाई बनेको छ । ’

सचिव भुजेलले सहकारी क्षेत्रको प्रवद्र्धन तथा हाल देखिएका समस्याहरू समाधान गर्न सरोकारवालासँग समन्वय र छलफललाई सुदृढ गर्दै परिणाममुखी ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले सहकारी क्षेत्रलाई थप व्यवस्थित र विश्वासिलो बनाउन आवश्यक पहलहरू मन्त्रालयले अघि बढाउने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x