शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

एउटा ग्यास कम्पनीको सिलिण्डर अर्कोसंग साट्दा ५ सय तिर्नुपर्ने व्यवस्था हटाउन एमाले सांसद देवकोटाको माग

काठमाडौं । नेकपा एमालेकी सांसद सम्झना देवकोटाले बजारमा ग्यास पाउन नै मुस्किल बन्न थालेको बताएकी छिन् ।

राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उनले बजारमा धेरै ग्यास कम्पनीहरु भएपनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको गुनासो गरिन् । उनले ग्यास पाएपनि कम्पनीहरुले अर्को कम्पनीको सिलिण्डर साटासाट गर्न नमानेको बताइन् । केही साटेपनि अतिरिक्त पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुँदा उपभोक्ता थप पीडित भएको उनको भनाई छ । ग्यास कम्पनीहरूबीच समन्वय गरी उपभोक्तालाई अतिरिक्त शुल्क बिना सहज रूपमा सिलिण्डर साट्न पाउने व्यवस्था मिलाउन उनले सरकारसँग माग गरिन् । मध्यपूर्वको द्वन्द्वले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यमा भएको वृद्धिले नेपालमा महँगी चुलिएको बताइन् । दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दा सर्वसाधारणको भान्सा प्रभावित भएको र न्युन तथा मध्यम आय भएका परिवार प्रत्यक्ष मारमा परेको उनको भनाई छ ।

उनले मध्यपूर्वमा रहेका नेपालीहरूको जीवन जोखिममा परेको उल्लेख गर्दै उनीहरुको सुरक्षाका लागि आवश्यक कुटनीतिक पहललाई गर्न पनि सरकारसंग माग गरिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x