शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीलाई मातृशोक

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ९एमाले०का सचिव हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ । उनकी ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार (चैत २५) साँझ ७ बजे झापाको गौरदहस्थित निवासमै निधन भएको हो ।

परिवारिक स्रोतका अनुसार, करिब एक महिनाअघि खुट्टा भाँचिएपछि उनी अस्वस्थ भएका थिए । विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा शल्यक्रिया गरिएको थियो । त्यसपछि पनि उनको स्वास्थ्य अवस्था कमजोर रहँदै आएको थियो ।

स्वर्गीय जानुकादेवीका दुई छोरा छन् । मुख्यमन्त्री कार्कीका दाजु दीपक कार्की नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसंविधानसभा सदस्य हुन् । उनका पाँच छोरीहरू समेत छन् ।
्रै

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x