बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छिन् ।

समानुपातिक सांसद लामाले बिहीवार तोकिएको समयभित्र उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा नै उम्मेदवारी दर्ता गएको राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले जानकारी दिइन् । सभाको सभामुख रास्वपाबाट भएको कारण संवैधानिक व्यवस्थाअनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख हुनुपर्ने व्यवस्था छ । ओलीले आफूले उपसभामुख पद लिन नचाहेकै कारण पार्टीले लामालाई अघि सारेको जिकिर समेत गरे।

उपसभामुखको निर्वाचन शुक्रवार हुँदैछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x