काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले हालको राजनीतिक परिवेशले देशमा नयाँ आशा र सम्भावना सिर्जना गरेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती को अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि नेपालको राजनीति संवेदनशील मोडमा पुगेको उल्लेख गर्दै उनले हालै सम्पन्न निर्वाचनको परिणामले ठूलो आशाको सञ्चार गरेको बताएका हुन् । २०७२ सालमा संविधान जारी भएपछि पहिलो पटक कुनै एक दलले झन्डै दुईतिहाइ बहुमत ल्याउन सफल भएको भन्दै उनले अभूतपूर्व जनादेशसहित गठन भएको नयाँ सरकारबाट राजनीतिक तथा आर्थिक स्थायित्व, सुशासन र लगानीमैत्री वातावरण निर्माण हुनेमा निजी क्षेत्र विश्वस्त रहेको बताए । ताजा जनादेशले स्वदेशी तथा विदेशी लगानीकर्तामा विश्वास बढाएको उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले मुलुकको आर्थिक विकासका लागि स्पष्ट कानूनी व्यवस्था गर्न माग गरे । नेपालको आर्थिक विकासका लागि स्पष्ट कानूनी व्यवस्था, पर्याप्त पूर्वाधार, सहज वित्तीय पहुँच तथा दक्ष जनशक्तिको विकास अनिवार्य रहेको उनको भनाइ छ । नयाँ पुस्तालाई उद्यमशीलतातर्फ आकर्षित गर्न स्टार्टअप संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउँदै उहाँले प्रविधिमा आधारित व्यवसाय प्रवद्र्धधनका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा पाँच वर्षभित्र आर्थिक वृद्धिदर ७ प्रतिशत पु¥याउने, करिव ६० खर्बको अर्थतन्त्रलाई उल्लेख्य रूपमा विस्तार गर्ने, प्रतिव्यक्ति आय हालको करिव १४ सय डलरबाट ३ हजार डलर पु¥याउने तथा १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । साथै विज्ञ मन्त्री र विशेषज्ञमा आधारित प्रशासनिक संयन्त्र स्थापना गर्ने रास्वपाको प्रतिवद्धताले निजी क्षेत्रलाई थप उत्साहित बनाएको सरोकारवालाले बताएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE