शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय गरेको छ ।

आवश्यक कच्चा पदार्थमा ४० प्रतिशतसम्म मूल्य बढेको भन्दै महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय गरेको हो । महासंघले आफ्ना सम्पूर्ण सदस्य उद्योगीहरूलाई हाल कच्चापदार्थ तथा सञ्चालन लागतमा भएको मूल्यवृद्धिको अनुपातमा उत्पादित पानीको मूल्य समायोजन गरी बिक्री गर्न आग्रह गरेको छ । उद्योग सञ्चालन, रोजगारी संरक्षण, उपभोक्तामा नियमित आपूर्ति, गुणस्तर कायम तथा उद्योगको दिगोपन सुनिश्चित गर्न हाल बढेको लागतको अनुपातमा मूल्यवृद्धि गरी बिक्री गर्नु अहिलेको आवश्यकता बनेको महासंघले स्पष्ट पारेको छ ।

अन्तर्राष्ट्रिय परिस्थितिका कारण कच्चापदार्थ आपूर्ति व्यवस्थामा असहजता उत्पन्न भएको कारण उद्योग सञ्चालन लागत अस्वाभाविक रूपमा बढेको महासंघले प्रस्ट पारेको छ ।

नेपालको प्रशोधित पिउने पानी उद्योग हाल ६२० भन्दा बढी उद्योगमार्फत ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान हुँदै आएको छ । १६ अर्बभन्दा बढी लगानी भएको महासंघले जनाएको छ ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x