शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

इरानलाई ट्रम्पको अर्को ‘अल्टिमेटम’, पुनः बमबारी गर्ने चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो बुधबारसम्म शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने सम्झौता नभए इरानसँगको युद्धविराम अन्त्य गरिने शुक्रबार चेतावनी दिएका छन् ।

एरिजोनाबाट वासिङटन फर्कने क्रममा एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, “हुनसक्छ, म युद्धविरामलाई निरन्तरता दिने छैन । तर, इरानी बन्दरगाहमाथिको नाकाबन्दी जारी रहनेछ । यदि, सम्झौता नभए हामीले दुर्भाग्यवश फेरि बमबारी सुरु गर्नुपर्नेछ ।”

ट्रम्पको यो भनाइलाई इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबफले पूर्ण रूपमा अस्वीकार गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले ट्रम्पमाथि एकै घण्टामा ‘सात झुटो दाबी’ गरेको आरोप लगाएका छन् ।

इरान अनिश्चितकालका निम्ति युद्ध रोक्न र सम्वर्धित युरेनियम बुझाउन सहमत भएको ट्रम्पले जिकिर गरेका थिए । यसलाई इरानले आधिकारिक रूपमा खण्डन गरेको छ ।

गालिबफले भने, “यदि, अमेरिकी नाकाबन्दी जारी रहे होर्मुज जलमार्ग खुल्ला रहने छैन । त्यहाँबाट हुने आवतजावत इरानको अनुमतिले मात्र हुनेछ ।”

तनाव र धम्कीबीच कूटनीतिक प्रयास जारी छ । सोमबार पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच अर्को चरणको वार्ता हुने सम्भावना छ । दुवै देशका प्रतिनिधि आइतबार नै त्यहाँ पुग्ने जनाइएको छ ।

पाकिस्तानका सेना प्रमुख जनरल आसिम मुनीरले हालै तेहरानमा इरानी नेतृत्वसँग भेट गरी वार्ताका निम्ति वातावरण बनाएका छन् । कतारका अमिर र टर्कीका राष्ट्रपतिले पनि पाकिस्तानको यो शान्ति प्रयासमा पूर्ण समर्थन जनाएका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x