आइतवार, बैशाख २७, २०८३
Sunday, May 10, 2026

देउवा–खड्का समूहको छलफलः सर्वोच्चको फैसलापछि रणनीति बनाउँदै

काठमाडौं । नेपाली काँग्रेसका निःवर्तमान सभापति शेरबहादुर देउवा र निःवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्ष काठमाडौंमा छलफलमा जुटेका छन् ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनविरूद्ध देउवा–खड्काले दिएको रिट खारेज गरिदिएको थियो । त्यसपछि शनिवार र आईतवार पनि देउवा–खड्का समूहका नेताहरू छलफलमा छन् ।

शनिवार खड्का निवास गोल्फुटारमा छलफल भएकोमा आज धुम्बाराहीमा छलफल भएको हो । छलफलमा खड्का, नेताहरू विमलेन्द्र निधी, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, मिनबहादुर विश्वकर्मा, रामहरि खतिवडा लगायत सहभागी छन् ।

अदालतको पछिल्लो फैसलाले काँग्रेस भित्रको आन्तरिक राजनीतिमा नयाँ मोड ल्याएको छ । देउवा–खड्का पक्षले आफ्नो आगामी रणनीति तय गर्न यो बैठक डाकेको बुझिएको छ । यद्यपि अदालतको फैसला मानेर अघि बढ्ने उनीहरुले बताइसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x