सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

हाम्रो पृथ्वी हाम्रो शक्ति भन्ने नारासहित आज पृथ्वी दिवस मनाइँदै

काठमाडौं । आज पृथ्वी दिवस । हाम्रो पृथ्वी स् हाम्रो शक्ति भन्ने नारासहित मनाइँदैछ । पृथ्वीको महत्वलाई उजागर गर्दै विश्वभरि नै हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ ।

सन् २००९ मा संयुक्त राष्ट्रसङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यस अघि सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलो पटक यो दिवस मनाएको थियो ।

राष्ट्र सङ्घको निर्णयपछि अहिले एक सय ९२ बढी देशमा यो दिवस मनाइन्छ । मानिसले गरेको विकासको असर पृथ्वीमा नकारात्मक रूपमा पर्दै गएको छ । अहिले पृथ्वीको बढ्दो तापमान एउटा मुख्य जोखिम हो ।

जसले बाढी, पहिरो, हिमताल विस्फोट, बेमौसमी वर्षा, अति वर्षा, सुख्खा जस्ता समस्या देखिएका छन् । यस्तै प्लास्टिकको बढ्दो प्रयोगसहित बढिरहेको फोहोर पनि अर्को चुनौती रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x