सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

बजेट अधिवेशन बोलाउनुपर्ने समयमा अध्यादेश सिफारिस गरेर सरकारले दुई तिहाई जनमतको अपमान गर्‍योः नेकपा

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का प्रमुख सचेतक युवराज दुलालले सरकारले बजेट अधिवेशन बोलाउनुपर्ने समयमा पाँचवटा अध्यादेश सिफारिस गरेर झन्डै दुई तिहाई जनमतको अपमान गरेको आरोप लगाएका छन।

उनले संसदमार्फत एक हप्तादेखि १० दिनभित्रै विधेयक पारित गर्नसक्ने बहुमत हुँदाहुँदै अध्यादेशमार्फत शासन गर्न खोज्नु असंवैधानिक भएको बताए। उनले सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र मिच्दै अध्यादेशमार्फत ऐन बनाउन खोजेको भन्दै यसलाई संसदीय प्रणालीमाथिको हस्तक्षेपको रूपमा टिप्पणी पनि गरे।

उनले भने , ‘संसदको बजेट अधिवेशनजस्तो महत्वपूर्ण अधिवेशन बोलाउनुपर्ने बेलामा पाँच पाँच वटा अध्यादेश ल्याएर सरकारले जनमतको अपमान गर्न खोजिरहेको छ । उहाँहरुसँग त एक हप्तादेखि १० दिनभित्रमा विधेयक नै पारित गर्नसक्ने जनमत छ नि । त्यसको सदुपयोग पो गर्नुपर्यो त । त्यसकारण यो असंवैधानिक र जनमतको अपमान हो ।’

दुलालले जनमतको सदुपयोग गरी संसदमार्फत विधेयक पारित गरेर गर्नुपर्नेमा अध्यादेशको सहारा लिनु गलत भएको जिकिर गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x