आइतवार, बैशाख २७, २०८३
Sunday, May 10, 2026

आज दिउँसो बिभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं । आज दिउँसो देशका बिभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेश प्रदेशका थोरै ठाउँ र तराईका एक÷दुई ठाउँमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको हो ।

साथै रातिको समयमा कोशी, बागमती, गण्डकीका हिमाली तथा पहाडी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेशका एक, दुई ठाउँमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भू–भागका एक–दुई ठाउँमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रि–मनसुनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x