आइतवार, बैशाख २७, २०८३
Sunday, May 10, 2026

मुख्यमन्त्री पाण्डेस् यातायात क्षेत्रमा प्रविधि अनिवार्य, नीतिगत सुधार र विद्युतीय सवारीमा जोड

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बदलिँदो विश्व परिवेश अनुसार प्रविधिको अवलम्वन अपरिहार्य रहेको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा उनले संवैधानिक व्यवस्थाको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश कानून संघीय कानूनसँग बाझिएको अवस्थामा संघीय कानून नै मान्य हुने स्पष्ट पारे ।

यस क्षेत्रको समस्या समाधानका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूले पनि कानून निर्माण र लबिङमा सक्रिय भुमिका खेल्नुपर्ने उनको भनाइ छ । गत वर्ष राइड शेयरिङ सेवालाई कानूनी मान्यता दिँदा भएको विरोधका सन्दर्भमा मुख्यमन्त्री पाण्डेले व्यवसायीहरूलाई प्रविधिको महत्व बुझाउन आवश्यक रहेको बताए ।वागमती प्रदेशका श्रम रोजगार तथा यातयात मन्त्री जयराम थापाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । कुनैपनि देशको विकासको स्तर त्यहाँको यातायात प्रणालीबाट मापन गर्न सकिने बताउदै उनले सार्वजनिक यातायातमा जीपीएस जडान, प्रविधिमैत्री मापदण्ड र पेट्रोलियम तथा डिजेल सवारीलाई क्रमशः विद्युतीय सवारीतर्फ रूपान्तरण गर्ने राज्यको नीति रहेको जानकारी दिए। नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। जटिल भुगोल र देशभर जथाभावी निर्माण गरिएका सडक तथा कमजोर इन्जिनियरिङ संरचनाले दुर्घटनाको जोखिम थप बढाएको बताएका हुन् ।

नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्त दुःखद् बन्दै गएको भन्दै दैनिक औसतमा आठ जनासम्मको मृत्यु हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ । काअनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा बाढी, पहिरो तथा मनसुनजन्य विपद् बढ्दै गएका छन्, जसले सवारी दुर्घटनाको जोखिम थप बढाएको छ । विशेषगरी चाडपर्वको समयमा भएका ठूला दुर्घटनाले मानवीय क्षतिसँगै राष्ट्रलाई ठूलो आर्थिक नोक्शानी पनि व्यहोर्नुपरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x