राष्ट्रपतिले सम्बोधन गरिरहँदा उठेर हिँडेकोबारे प्रधानमन्त्रीसँग कांग्रेसले माग्यो जवाफ
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुँन लागेको हो ।
बैठकको सुरुमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन शाहको जवाफ माग गरेको छ । पार्टीको तर्फबाट बैठकमा बोल्दै कांग्रेस संसदीय दलको प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य संसद्मा देखिएको उनको भनाइ थियो । संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायीत्व र सरकारको गम्भीरता हुनुपर्ने कुरा आफ्नो पार्टीलाई लागेको उनको भनाइ छ ।
यस विषयमा स्पष्ट जवाफ दिन माग गर्दै उनले यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्नेमा सचेत गराइन् ।लोकतन्त्रमा पदभन्दा ठूलो कुरा मर्यादा र मर्यादाभन्दा ठूलो कुरा जनविश्वास हो भन्ने कुरामा प्रधानमन्त्रीको ध्यान जानुपर्नेमा उनको जोड छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE