सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

युवा पुस्ताको भावना सम्बोधन गर्न संविधान संशोधन आवश्यकः उपसभापति शर्मा

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी केन्द्रिय कार्यालय वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्दै शर्माले बदलिँदो समय र युवा पुस्ताको चाहना अनुरूप संविधानलाई गति दिनुपर्ने बताएका हुन् । उपसभापति शर्माले वर्तमान समयमा उब्जिएका प्रश्न र अपेक्षाहरूलाई सही ढङ्गले निरूपण गर्न नसकिए आगामी दशकमा मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने चेतावनी दिए। संविधान संशोधनको विषयलाई दलगत स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाउनुपर्ने उनको तर्क छ ।

आवेग र आग्रहबाट मुक्त भएर नागरिक तथा युवा पुस्ताको भावनालाई केन्द्रमा राखी संविधान परिमार्जन गर्नुपर्नेमा उहाँले जोड दिए। नेपाली काँग्रेसले संविधान संशोधन र समसामयिक राजनीतिक विषयमा गृहकार्य गर्न उपसभापति पुष्पा भुसालको नेतृत्वमा विज्ञ टोली परिचालन गरेको जानकारी समेत शर्माले दिए । यस प्रक्रियामा पार्टीभित्र र बाहिरका सबै बौद्धिक व्यक्तित्व, आलोचक तथा आम नागरिकको रचनात्मक सुझावको अपेक्षा गरिएको उनको भनाइ छ ।
उनले भने, ‘अहिलेका युवाहरूको आशालाई विश्वासमा बदल्न सकिएन भने १० वर्षपछिको स्थिति भयावह हुनसक्छ । अहिलेको ‘अल्फा जेनेरेसन’ वयस्क हुँदा फेरि नयाँ विमति र विद्रोह लिएर सडकमा उभिने वातावरण बन्न दिनु हुँदैन । हामी फेरि आमाहरूको काख रित्तिएको र सिंहदरबार जलेको दृश्य हेर्न चाहँदैनौँ ।’

आजको युवा पुस्ताको मुख्य चाहना ‘लोकतन्त्र र विकास’ डी एन्ड डी – डेमोक्रेसी एन्ड डेभलपमेन्ट० रहेको उल्लेख गर्दै उपसभापति शर्माले लोकतान्त्रिक ढाँचाभित्रै रहेर यी दुवै लक्ष्य हासिल गर्न काँग्रेस प्रतिवद्ध रहेको स्पष्ट पारे। देश सबैको साझा आँगन भएको उल्लेख गर्दै उहाँले सरकार र प्रतिपक्ष दुवैले जिम्मेवार भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x