बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा

काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ ।

सिंगापुरमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । सिंगा ओभल ग्राउन्डमा आइतबार विहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९ ओभर २ बलमा २ विकेटको क्षतिमा पूरुा ग¥यो ।नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएर अविजित रहे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो ।

ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए । नेपालका लागि करण केसीले ३ विकेट लिए । सोमपाल कामी, सन्दीप लामिछानेले २–२ विकेट लिए । शाहब आलम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले १–१ विकेट लिए ।नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ । नेपालसहित सेमिफाइनल पुगेका चारवटै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x