बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा जान कुनै अफ्ठ्यारो नरहेको प्रष्टिकरण दिएका छन् ।

मंगलवार मन्त्रीपरिषद्को निर्णय सुनाउने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले आवश्यकताअनुसार प्रधानमन्त्री संसदमा उपस्थित हुने जानकारी दिएका हुन् । यसअघि पनि प्रधानमन्त्रीले आवश्यक्ता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उनले विपक्षीसंग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएको बताए ।

उनले भने,‘प्रधानमन्त्रीलाई संसदमा जान कुनै अफ्ठ्यारो छैन, शुरुमा उहाँ संसदमा उपस्थित हुँदा उहाँलाई सोध्ने प्रश्न नै रहेनछन् । एकदमै कम प्रश्नहरु आए, जति हामीले सोचेका थियौँ, जति प्रधानमन्त्रीले प्रश्नहरु आउँछन् भन्ने सोच्नुभएको थियो त्यो हिसावको प्रश्न नै थिएन । फेरि आवश्यकताअनुसार प्रधानमन्त्रीज्यूले मैले संसदमा सम्बोधन गर्नुपर्छ भन्ने जस्तो लाग्छ भने गरिहाल्नु हुन्छ । यदी आवश्यक परेमा प्रधानमन्त्रीले आवश्यकताअनुसार संस्दमा संवोधन गर्नुहुन्छ ।’

विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमासम्बन्धी दिएको अभिव्यक्तिको जवाफ दिनुपर्ने माग गरि संसद अवरुद्ध गर्दै आएका छन् ।
प्रवक्ता पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले माथी लागेको आरोपको पनि बचाउ गरेका छन् । अर्थमन्त्री वाग्लेमाथी स्वार्थ समूह अनुकुल रहेर करका दर हेरफेर गरेको आरोप लागेको छ । प्रवक्ता पोखरेलले अर्थमन्त्रीले एकदमै मेहनत गरेर बजेट ल्याएको उल्लेख गर्दै पूर्ण समर्थन रहेको बताए । करका नीति फेरबदलसम्बन्धी कुनै कुरा मन्त्रीपरिषद्मा नउठेको उनले जानकारी दिए।

उनले भने, ‘अर्थमन्त्रीज्युले एकदमै मेहनत गरेर बजेट ल्याउन भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’

अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नै नदिइ करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ । विपक्षीहरुले स्वार्थ समूहको मिलेमत्तोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानविनको माग राखेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x