बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिने भ्रमणका लागि आज बेइजिङ प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिने भ्रमणका लागि आज बेइजिङ गएका छन् ।

हालै भारतको तीन दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चार दिने भ्रमणका लागि आज बिहान बेइजिङ गएका हुन् । मन्त्रालयकाअनुसार मन्त्री खनालले बेइजिङमा भोलि आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । साथै नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ । मन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्ने छन् ।

भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवद्र्धन गर्न बेइजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ । उहाँले चिनियाँ व्यापारिक समुदायसँग अन्तरक्रिया गने कार्यक्रम छ । परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने मन्त्रालयले जानकारी दिएको छ । मन्त्री खनाल असार ३ गते स्वदेश फर्कीनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x