चीनको चारदिने औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री खनाल बेइजिङमा, चिनियाँ समकक्षी वाङ यीसँग पारस्पारिक हितका सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चारदिने भ्रमणका लागि बेइजिङ पुगेका छन् ।
स्थानीय समय अनुसार आइतबार अपरान्ह त्यहाँ पुगेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । बेइजिङस्थित विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए । परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आइतबार साँझ स्वागत समारोह आयोजना गर्दै छ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने दूतावासले जनाएको छ ।
चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका छ । मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम छ । मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किनेछन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE