बुधबार, असार १७, २०८३
Wednesday, July 1, 2026

चिकित्सा शास्त्रका विद्यार्थीद्वारा माईतीघरमा विशाल प्रदर्शनः ‘ब्याच ड्रप’ नियम खारेज र न्यायपूर्ण परीक्षाको माग

काठमाडौं । त्रिभूवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको माईतीघर मण्डलामा सामूहिक रूपमा उनीहरुले प्रदर्शन गरेका हुन् । पुरानो, अव्यवहारिक र विद्यार्थीको भविष्यमाथि गम्भीर असर पु¥याउने परीक्षा प्रणाली तथा ब्याच ड्रप नियम विरुद्ध उनीहरू आन्दोलनमा उत्रिएका हुन् । प्रदर्शनमा सहभागी विद्यार्थीले हातमा विभिन्न प्लेकार्ड, मागपत्र र विरोध ब्यानर बोकेका थिए । ब्यानरमा ‘हाम्रो अध्ययन, हाम्रो अधिकारः न्यायपूर्ण परीक्षा प्रणालीको लागि अत्याचार सहदैनौ’ र ‘चुप लाग्दैनौ, अन्याय सहदैनौँ, एकजुट होऔं, परिवर्तन ल्याऔं’ जस्ता नाराहरू लेखिएका थिए । विद्यार्थीले परीक्षा लिने पुरानो पद्धतिलाई तत्काल सुधार गरी न्यायसंगत र वैज्ञानिक बनाउनुपर्ने अडान राखेका छन् ।

‘ब्याच ड्रप’ नियमको धेरै विरोध गरेका छन् । उनीहरूकाअनुसार यो प्रणालीले कुनै परीक्षामा थोरै अंकले अनुत्तिर्ण हुने विद्यार्थीलाई पनि पूरै शैक्षिक वर्ष वा व्याच नै गुमाउन बाध्य पार्छ, जुन अन्यायपूर्ण छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x