पत्रकार खेम भण्डारी पक्राउ
काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् ।
भण्डारी बिहीबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानबाट पक्राउ परेका हुन् ।भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई गाली २०८२ जेठ १ गते बेइज्जतीको कसुरमा एक महिना कैदको फैसला गरेको थियो ।
जेल सजायसहित १० हजार जरिबाना र एक लाख क्षतिपूर्ति तिराउने फैसला पनि भएको थियो ।निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट (हाल एसएसपीबाट अवकाश)का छोरा किरण विष्टले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।१० साउन २०७५ साउनमा १० गते साथीको घर गएकी निर्मलाको शव ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो । घटना अझै सुल्झिएको छैन ।पक्राउ परेका भण्डारीलाई आज नै जिल्ला अदालत उपस्थित गराइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE