कुलेखानी ड्यामको बाँध खोल्दा आएको बाढीले बगाएका ५ मध्ये हालसम्म ३ बालकको शव फेला

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीमा बेपत्ता भएका ६ बालकमध्ये ३ जनाको शव फेला परेको छ । शनिबार बिहान कुलेखानी ड्यामको बाँध खोल्दा आएको बाढीले बगाएका ५ बालकमध्ये हालसम्म ३ जनाको शव फेला परेको हो ।
कुलेखानीको ड्याम खोल्ने सूचना पाएपछि विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लैजाने क्रममा पहिरो सहित आएको बाढीले ती बालकहरू बेपत्ता भएका थिए।
बेपत्तामध्ये ३ जनाको शव फेला परेको तर सनाखत हुन नसकेको बुझिएको छ ।
मकवानपुर प्रहरी टोली, जिल्ला प्रशासन कार्यालयको टोली तथा बेपत्ता भएका बालकहरूको परिवार घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE