महिलाहरुलाई मानव पुँजीको रुपमा लिँदै अवसरहरु दिनुपर्छः भुसाल

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले महिलाहरुलाई मानव पुँजीको रुपमा नलिएसम्म देश धनि बन्न नसक्ने बताएकी छिन् । आईतवार नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले महिलाहरुलाई मानव पुँजीको रुपमा लिदैँ सोही अनुरुपको अवसरहरु दिनुपर्ने बताइन् । उनले महिलाहरुको श्रमलाई उत्पादन र विकाससँग जोड्नुपर्नेमा जोड दिइन् । उनले महिलाहरुले बजार व्यवस्था र अर्थ व्यवस्थामा नेतृत्व गरेका देशहरु धनि भएको उदाहरण दिँदै महिलाहरुलाई अवसर नदिएमा देश धनि बन्न नसक्ने ठोकुवा गरिन् ।
उनले भनिन् – ‘अब नेपालको महिलाहरुलाई महिला होइन मानव पुँजी भनेर जबसम्म महिलाहरुलाई, महिलाहरुको श्रमलाई जबसम्म उत्पादनसँग जोड्दैनौँ । महिलाहरुको श्रमलाई जबसम्म विकाससँग जोड्दैनौँ । महिलाको श्रमलाई जबसम्म हामी अर्थतन्त्रसँग जोड्दैनौँ हामी विकसित मुलुकमा प्रवेश गर्दैछौं भन्ने ठूलो चुनौती नेपाल सरकारको सामु आएको छ । महिलाहरु मानव पुँजी हुन् । बजार व्यवस्था, अर्थ व्यवस्थामा महिलाहरुको नेतृत्व भएका देशहरु धनि छन् । महिला गरिब छन्, महिलालाई धनि बनाउनुपर्छ होइन । मुलुकलाई धनि बनाउनलाई जबसम्म महिलाहरुलाई मानव पुँजीको रुपमा हामी अबसर दिदैनौँ । देश धनि हुँदैन भन्ने कुरा ठोकुवाका साथ हामीले भन्नुपर्ने हुन्छ ।’
उनले महिलाहरुको सुरक्षालाई राज्यले प्राथमिकतामा राख्न नसकेको बताइन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE