बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अफगानिस्तानमा बाढीबाट ३ जनाको मृत्यु, २० घाइते

काठमाडौं । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा आएको बाढीमा परी तीन जनाको ज्यान गएको छ भने अन्य २० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

भारी वर्षाले प्रान्तको कोज कुनार जिल्लाको बाहिरी इलाकामा अचानक बाढी आएको सूचना तथा संस्कृति प्रान्तीय निर्देशक कुरिशी बदलोनले बताए । जिल्लाभर १ सय ५० आवासीय घर भत्किएकाले बाढीले स्थानीयलाई ठूलो आर्थिक क्षति समेत गरेको बदलोनले बताए ।

अफगानिस्तानको मौसम विभागले आगामी दुई दिनमा देशका ३४ प्रान्तमध्ये १२ प्रान्तमा थप वर्षा हुने र बाढी आउने चेतावनी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x