बाढीले रोकिएको ‘सानो संसार’को प्रदर्शन कार्ति ९ लाई तोकियो
काठमाडौं । गत शुक्रबार रिलिज भए पनि वर्षापछिको प्राकृतिक विपद्का कारण प्रदर्शन स्थगित भएको चलचित्र ‘सानो संसार’ कात्तिक ९ मा प्रदर्शनमा आउने भएको छ । निर्माता अर्जुन कुमारले आफ्नो चलचित्र कार्तिक ९ मा प्रदर्शमा आउने जानकारी दिएका हुन् ।
‘सानो संसार’ पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हो । ‘सानो संसार’ले प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएको थियो ।
यसमा सीतादेवी तिमल्सेना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कुमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् ।
सिद्धार्थ पुडासैनीले सिनेमालाई निर्देशन गरेका छन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE