बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

घट्यो पेट्रोलियम पद्धार्थको मूल्य, कुनको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल/मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो ।

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दुई रुपैयाँ घटाइएको छ । यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटिर ६ रुपैयाँ र बाह्यतर्फ प्रति किलो लिटर ४५ रुपैयाँ घटाइएको छ ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५५.५० रुपैयाँ र डिजेलको मूल्य १४४.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ र डिजेलको मूल्य १४६ रुपैयाँ कायम भएको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ र डिजेलको मूल्य १४७ रुपैयाँ कायम भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x