बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण

काठमाडौं । नेपाल-भारत मिल्लत परिषद् केन्द्रले ललितपुरको गोदावरीस्थित टिकाभैरवका बाढी पीडितलाई राहत वितरण गरेको छ । केन्द्रले गत असोज ११ र १२ गते भारी वर्षाका कारण आएको बाढीबाट प्रभावितहरुलाई बुधवार राहत वितरण गरेको हो ।

बाढीबाट प्रभावित ललितपुर जिल्लास्थित गोदावरी नगरपालिका वडा नं. ६ टिकाभैरव र वडा नं. १० का एकसय भन्दा बढी घरधुरीलाई राहत वितरण गरिएको हो । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीको पहल र वागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनको उपस्थितिमा केन्द्रको तर्फबाट सय भन्दा बढी घरधुरीलाई खाद्यान्न, जस्तापाता लगायतका सामग्री वितरण गरिएको छ ।

राहत वितरणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष अन्सारीले आफूहरुले बाढी प्रभावितहरुलाई मल्हम लगाउने काम गरेको बताए । उनले विपद्मा परेकाहरुलाई सबै मिलेर सहयोग गर्नुपर्ने भन्दै त्यसका निम्ति आव्हान गरे । उनले प्रभावितहरुलाई राहत दिन सरकारसँग आग्रह पनि गरे ।

वागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले अध्यक्ष अन्सारीले ललितपुर क्षेत्रमा विपद्को बेलामा आफ्नो प्रयत्नबाट राहत सामग्रीहरु वितरण गर्ने गरेको भन्दै यस प्रकारको कामको निरन्तरताको कामना गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x