प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले मुख्यालय भवन शिलान्यास
काठमाडौं । नेकपा (एमाले) को कीर्तिपुरमा केन्द्रिय कार्यालय भवनको शिलान्यास गरिएको छ ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार वैदिक विधिअनुसार सो कार्यालय भवनको शिलान्यास गरेका हुन्।
कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका एमाले नेता/कार्यकर्ताको उपस्थिति रहेको छ । एमालेले पार्टी सदस्यहरुको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने तयारी गरेको छ । सो जमिन एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका प्रमुख मिनबहादुर गुरुङले उपलब्ध गराएका हुन् ।
२०७२ सालको भूकम्पपछि काठमाडौँ महानगरपालिका–१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो । हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रिय कार्यालय बनाउने काम शुरु गरिएको एमालेले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE