आज फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । दशैंपछिको पहिलो कारोबार दिनमा आज सुनको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । जसअनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेर प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE