कस्तो हुनेछ आजको मौसम, यस्तो छ पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा सबै प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE