बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

ट्युनिसियाका पुनः निर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं । ट्युनिसियाका पुनः निर्वाचित राष्ट्रपति काइस सइदले सोमवार राजधानी ट्युनिसमा रहेको ट्युनिसियाली संसदको जनप्रतिनिधिको मुख्यालयमा शपथ लिएका छन् ।

आफ्नो सम्बोधनमा सैयदले मातृभूमिको स्वाधीनता र आफ्नो भूभागको अखण्डताको रक्षा गर्ने, देशको संविधान र कानूनको सम्मान गर्ने र त्यसको हितको ख्याल गर्ने एवं त्यसप्रति निष्ठावान रहने प्रतिवद्धता व्यक्त गरे । उनले आतंकवादसँग लड्ने र भ्रष्टाचारविरुद्धको लडाईं महत्वपूर्ण चुनौति भएकाले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

ट्युनिसियाको संविधानको धारा ९२ अनुसार निर्वाचित राष्ट्रपतिले पदभार ग्रहण गर्नुअघि पाँच वर्षको कार्यकालको लागि शपथ लिन्छन् । अक्टोबर ६ मा भएको राष्ट्रपति निर्वाचनमा ९० दशमलव ६९ प्रतिशत मत प्राप्त गरेपछि सैयद दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । ट्युनिसियामा हरेक पाँच वर्षमा राष्ट्रपतिको निर्वाचन हुन्छ । ६६ वर्षीय सइद २०१९ देखि नै पदमा छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x