बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सत्तापक्षले सरकारको सय दिनको कामबारे साझा धारणा सार्वजनिक गर्ने

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । सत्तारुढ दलहरुले पनि सरकारको सय दिनको कामबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा सत्तारुढ दलका नेताहरुले आगामी कार्तिक ९ गते शुक्रवार अपरान्ह ३ बजे बैठक बसी सरकारको सयको कामबारे साझा धारणा सार्वजनिक गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बुधवार (आजै) अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले सय दिनमा गरेका काम सार्वजनिक गर्नेछन् । तर सत्तारुढहरुले पनि सरकारलाई आगामी दिनमा गर्नुपर्ने कामहरुको सुझाव समेत दिनेगरी सय दिनको कामबारे साझा दृष्टिकोण सार्वजनिक गर्ने सहमती गरिएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले भने, ‘सरकारले सय दिन पूरा गरेको छ । र सत्ता समर्थक दलहरुको आज संयुक्त बैठक भर्खरै सम्पन्न भएको छ । सय दिन पुगेको उपलक्ष्यमा सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीले आज ३ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँले सरकारका तर्फबाट भए, गरेका कामहरुको र आगामम्ी दिनहरुमा गर्ने कामहरुका सन्दर्भका बारेमा सम्बोधन गर्नुहुनेछ । र, सरकारमा रहेका राजनीतिक दलहरुको तर्फबाट अहिलेसम्म सरकारले गरेका कामहरु र आगामी दिनमा सरकार रहेका राजनीतिक दलहरुको तर्फबाट सामूहिक रुपमा कसरी अगाडि बढ्ने भन्ने बारेमा हामी पर्सी ३ बजे सत्तारुढ दलको बैठक बसेर आफ्ना दृष्टिकोण ल्याउने भन्ने सहमती गरेका छौं । त्यस आधारमा हामी सत्तारुढ दलहरुको तर्फबाट पर्सी ३ बजे बसेर एउटा निष्कर्ष निकाल्नेछौं, त्यो कुरा सार्वजनिक गर्नेछौ भन्नेकुरा पनि म तपाईहरुको बीचमा राख्न चाहन्छु ।’

सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै टिप्पणी भइरहेका बेला सत्तारुढ दलहरुले सरकारले आागामी दिनमा गर्ने कामहरुसहित उसले सय दिनमा गर्ने कामबारे साझा धारणा सार्वजनिक गर्न लागेको हो । बैठकमा प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका सत्तारुढ दलका सबै नेताहरुको उपस्थिति रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x